Shadow

कोरोना बिशेष

जापानमा एकै दिन थपिए दुई लाख ५० हजार सङ्क्रमित

जापानमा एकै दिन थपिए दुई लाख ५० हजार सङ्क्रमित

Breaking News, कोरोना बिशेष
जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ कारोना भाइरसको नयाँ उप प्रजाति ‘बिए.५’ थप द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरूका तुलनामा यो उपप्रजाति द्रुत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितक...
कोभिड–१९का कारण ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड–१९का कारण ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोरोना बिशेष, समाचार
काठमाडौं- कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६/०७७ को प्रक्षेपित आम्दानी रु १० अर्ब ५४ करोड ४१ लाखभन्दा उक्त आवमा ४३ प्रतिशत र आव २०७७/०७८ मा ७२ प्रतिशत न्यून हुन पुगेको छ । विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महाम...
कोरोना भाइरस चमेराबाट सर्‍यो कि चीनको प्रयोगशालामा विकास गरियो ?

कोरोना भाइरस चमेराबाट सर्‍यो कि चीनको प्रयोगशालामा विकास गरियो ?

कोरोना बिशेष
अमृत शर्मा कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ? गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामारीको उत्पत्तिबारे पहिलो चरणको अनुसन्धान गर्न सहमति जनाएको थियो। उक्त अनुसन्धान सन् २०२१ को सुरूदेखि चीनमा जारी छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि महामारीको उत्पत्ति पत्ता लगाउने अभियानमा सहकार्य गर्न यही जेठ १२ गते आफ्ना अनुसन्धान निकायहरूलाई निर्देशन दिएका छन्। यसबारे ९० दिनभित्र रिपोर्ट बुझाउनू भन्ने अमेरिकी राष्ट्रपतिको निर्देशन छ। अस्ट्रेलिया, युरोपेली समुदाय र जापानले पनि यसबारे गहन अनुसन्धानको माग गर्दै आएका छन्। अधिकांश वैज्ञानिकहरू कोभिड महामार...
प्रदेश १ मा ८८५ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

प्रदेश १ मा ८८५ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

कोरोना बिशेष, समाचार
: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९, तेह्रथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको छ । झापाको दमकमा ६७, बिर्तामोडमा ५०, अर्जुनधारामा १८, भद्रपुरमा १७, बाह्रदशीमा १५, कनकाईमा १४, मेचीनगरमा १३, शिवसताक्षीमा १२, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ६, गौरादहमा ३, हाल्दिबारी र झापा गाउँपालिकामा १–१, स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ५५, बेलबारीमा ३६, उर्लाबारी र सुन्दरहरैचामा ११–११, पथरीशनिश्चरेमा ७, कानेपोखरीम...
कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

कोरोना बिशेष
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । परीक्षाको तालिका पुनर्विचारबारे छलफल गर्न बोर्डले भोलि शनिवार बैठक बोलाएको पनि बाेर्डका अध्यक्ष पाैडेलले बताउनुभयो । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक भएको छ ।  यसअघि बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो । कोर...
काठमाडौँ उपत्यकामा संक्रमण बढ्यो, थप १ हजार २७९ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा संक्रमण बढ्यो, थप १ हजार २७९ जनामा कोरोना पुष्टि

कोरोना बिशेष
काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसमध्ये काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्‍यु भएको छ । यस्तै बुधबार एक हजार ५३५ संक्रमणमुक्त भएका छन् । ...
काठमाडौं उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा, अनुगमनलाई कडाइ गरिने [आदेशसहित]

काठमाडौं उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा, अनुगमनलाई कडाइ गरिने [आदेशसहित]

कोरोना बिशेष, समाचार
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले २७ साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । उपत्यकामा १६ वैशाखदेखि निषेज्ञा लागू गरिएको थियो । उपत्यकामा कोरोना संक्रमण बढेको निष्कर्ष निकाल्दै तीनै जिल्ला प्रजिअले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णयसमेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भिडभाड गर्ने र सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी कारबाही गर्ने निर्णय बैठकले गरेको छ । 'स्वास्थ्य मापदण्डको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनको क्रममा निषेधाज्ञाको आदेशको अवज्ञा भएको पाइएमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने छ,' काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले भने । ...
काठमाडौँ उपत्यकामा जोखिम बढ्यो, थप ८६० जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा जोखिम बढ्यो, थप ८६० जनामा कोरोना पुष्टि

कोरोना बिशेष, समाचार
काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन् भने १६ जनाको मृत्‍यु भएको छ । ...
काठमाडौँमा ५० वर्ष माथिका नागरिकलाई आज भेरोसेल खोप लगाइँद

काठमाडौँमा ५० वर्ष माथिका नागरिकलाई आज भेरोसेल खोप लगाइँद

कोरोना बिशेष, समाचार
काठमाडौँ – काठमाडौँ उपत्यकामा ५० वर्ष माथिका नागरिकलाई आज कोरोनाविरूद्धको खोप लगाउँदै छ । ५० वर्षमाथिका सबै नागरिक, प्राध्यापक, शिक्षक, सवारी साधनका चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्ने नागरिकले खोप लगाउन पाउनेछन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ । नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा उमेर प्रमाणित हुने कागजात देखाएर खोप लगाउन पाइने छ । यसैबीच, काठमाडौँ महानगरपालिकाका ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइने अधिकारीहरूले बताएका छन् । ...
काठमाण्डौमा अझै १० दिन सभा/जुलुस लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने

काठमाण्डौमा अझै १० दिन सभा/जुलुस लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने

कोरोना बिशेष
फाइल तस्बीर काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अझै १० दिनसम्म सभा/जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गर्दै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो । यस्तै खुला ठाउँमा भेला हुन, नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।  काठमाण्डाै उपत्यकामा निषेधाज्ञा साउन २० सम्म लम्बियाे, के गर्न पाइन्छ–के गर्न पाइँदैन ? काठमाण्डाै – काठमाण्डौ उपत्यकामा लगाइएकाे निषेधाज्ञा १० दिन थप गरिएकाे छ । काठमाण्डाै उ...