Shadow

मनोरञ्जन

एडिसनको नाच्नी हो परदेशमा सार्वजनिक

एडिसनको नाच्नी हो परदेशमा सार्वजनिक

मनोरञ्जन
बिगत लामो समय देखि जापानमा रहेका स्याङ्जालि युवा एडिसन दर्लामीको शब्द लय संगीतमा नयाँ तिज गीत नाच्नी हो परदेशमा आज युटुब मार्फत सार्बजनिक बएको छ दर्लामीको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतमा लोकप्रिय लोक गायक रामजी खाड लागएतको अभिनय गरेका छन | गीतमा परदेशमा चाडपर्व आउदाको पिडालाइ अत्यन्त रोचक ढंगले प्रस्तुत गरीएको छ https://youtu.be/N8OC2tR2Ors ...
‘इन्दिरा गान्धी’ का लागि कंगना रनावतको तयारी

‘इन्दिरा गान्धी’ का लागि कंगना रनावतको तयारी

मनोरञ्जन
काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा बन्न लागेको फिल्म ‘इमर्जेन्सी’ को निर्देशन गर्ने भएकी छन्। सुरुमा उनले त्यसमा अभिनय गर्ने बताएकी थिइन् । उनी स्वयंले यो जानकारी सार्वजनिक गरेकी हुन्। कंगनाले इन्स्टाग्राममा कस्ट्युमको ट्रायलको फोटो राख्दै आफू इन्दिरा गान्धी बन्न तयार भएको जानकारी दिएकी थिइन्। फेरि अर्को स्ट्यास लेख्दै यो फिल्म आफूबाहेक अरु कसैले निर्देशन गर्न नसक्ने महसुस गर्दै निर्देशनको अभिभारा पनि आफैले लिएको बताएकी उनले उल्लेख गरेकी छन्। ‘एक वर्षदेखि यो फिल्ममा काम गर्दा महसुस भयो कि यसलाई मबाहेक कसैले न्याय गर्न सक्दैन। त्यसैले अभिनयका थुप्रै सम्भावनालाई पन्छाउँदै मैले फेरि एकपटक निर्देशकको ह्याट लगाउने निर्णय गरेकी छु,’ उनले लेखेकी छिन्। कंगनाले यसअघि ‘मनिकर्निका’को निर्देशन गरेकी थिइन्। आधा फिल्म ...
राष्ट्रिय कविता महोत्सव २०७८मा उत्कृष्ट भएका कविताहरु

राष्ट्रिय कविता महोत्सव २०७८मा उत्कृष्ट भएका कविताहरु

मनोरञ्जन, समाचार
काठमाण्डाै - राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव । आफ्ना कविताहरुलाई मूल्याङ्कनको कसीमा जाँच गर्ने अवसर । सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्ने थलो । त्यसो त एउटा कविताको अर्को कवितासँग कुनै प्रतिस्पर्धा हुँदैन ।  हरेक कविता आफैँमा उत्कृष्ट हुन्छन् । हरेक कविताको आ–आफ्नै भाव र रस हुन्छ ।  हरेक फूलमा आफ्नै रङ्ग र बास्ना भएजस्तै कविताको आफ्नै विशेषता र गुण हुन्छ । सबै फूल  मनमोहक भए पनि कुनै फूल  टाढैबाट मनलाई तान्न सक्ने गुण बोकेको भने जरुर हुन्छ र कविताले त्यस्तै गुण बोकेको हुन्छ ।  राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रस्तुत भएका कविताहरुमध्ये उत्कृष्ट तीन भित्र पर्न सफल कविताहरु :   भोजपुरकी कवि कविता राईको प्रथम भएको कविता : शीर्षक: देशको नक्सा म कोरिरहेकी छुदेशको सग्ल...
अभिनेत्री खुशिको’ सबैलाइ मोहित बनाउने फिगर, हेराैँ उनका मोहित पार्ने सुन्दर  तस्विर

अभिनेत्री खुशिको’ सबैलाइ मोहित बनाउने फिगर, हेराैँ उनका मोहित पार्ने सुन्दर तस्विर

मनोरञ्जन
अजकल टिकटक देखि सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ ।यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ।आज हामी पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवीको बारेमा चर्चा गर्न गईरहेका छौँ। जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ। उमेर संगै मोटोपनले झनै सुन्दरी देखिएकी छिन। यिनका फ्यानहरु भन्छन दुब्ली पातली भन्दा हामिलाइ मोटि खुसी राम्रो लाग्छ।खुशीले अहिले सम्म स्टारडमको पहिचान प्राप्त न...
मान्छे बेच्ने यो दलालि ब्यबथाका बिरुद्द बिद्रोह को आगो बाल्न तयार हौ |

मान्छे बेच्ने यो दलालि ब्यबथाका बिरुद्द बिद्रोह को आगो बाल्न तयार हौ |

मनोरञ्जन, राजनीति
https://youtu.be/3mu9fClkgBw हिजो युरोप का बस्तिबस्तिहरुमा दास प्रथाको नाममा मान्छेले मान्छेको ब्यापार गर्दथे पछी ति दास हरु संगठित हुन थाले र आफुलाई बेच्ने मालिक हरुका बिरुद्ध विद्रोह गर्ने हिम्मत गरे आज नेपाल मा अझै यहि प्रथा कायम छ जसरि किसानहरुले आफुले उद्पादन गरेको खसी बोकाहरु बेच्छन् त्यसैगरी यो व्यवस्थाले हाम्रा लाखौ लाख नवजवान युवा हरुलाई अरबका खाडी हरुमा बिक्रि गरेको छ हामी बिक्रि हुन तयार छौ तर प्रतिरोध गर्न तयार छैनौ त्यसैले संसारभर अपमानित भएर बसिरहेका नेपालीहरुलाई हामि आह्वान गर्दछौ आउनुहोस मान्छे बेच्ने यो दलालि ब्यबथाका बिरुद्द बिद्रोह को आगो बाल्न तयार हौ | ...
ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’ (भिडियो)

ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’ (भिडियो)

मनोरञ्जन, राजनीति
काठमाडौँ। नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो । ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक शैलीमा तयार गरिएको गीतमा ‘गायक गायिकाले गाउन पाउनु, पत्रकारले लेख्न पाउनु, कानुन कहाँ छ, न्याय कहाँ छ जनताले देख्न पाउन’ जस्ता शब्दले प्रथामिकता पाएका छन् । गीतमा दुर्गमका जनताले बिकास र सम्पुर्ण नेपाली हाम्रो नदीनाला आफ्नो भन्न नपाएको पीडा समेत पोखिएको छ । गीतको भिडियोमा ऋषि धमला, कलाकार धिरेन शाक्य, विशाल बिष्ट, नेपाली रेसलर हिक्मत थपलिया लागयतको अभिनय देख्न सकिन्छ । गीतमा जनताले विद्रोहको गीत आउन थालेकोले देशको अवस्था यस्तै रहे सिंहदरबार समेत छिट्टै कब्जा हुन सक्ने बताइएको छ । https://youtu.be/1kDpqv_zO2Y ...
संजय दत्त बने पहिलो भारतीय कलाकार

संजय दत्त बने पहिलो भारतीय कलाकार

मनोरञ्जन, विदेश
बलिउडका सफल नायक संजय दत्तलाई यूएईको सरकारले गोल्डेन भिसा दिएको छ । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै संजयले यो कुराको जानकारी दिएका हुन् ।सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा संजय मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका छन् । संजयले सामाजिक संजालमा लेखेका छन्–‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितीमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छ । संजय यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार हुन् । यो भिसाको अवधी १० बर्षको हुनेछ । यो भिसाको मुख्य उद्देश्य प्रतिभाशाली मानिसहरुलाई यूएईमै राख्ने उद्देश्य हो । ...
समस्यामा परेका चलचित्र प्राविधिकलाई कलाकारहरुको सहयोग

समस्यामा परेका चलचित्र प्राविधिकलाई कलाकारहरुको सहयोग

कोरोना बिशेष, मनोरञ्जन
निषेधाज्ञाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुका लागि कलाकारहरुले सहयोग गर्न थालेका छन् । कोही कलाकारहरुले खाद्यान्न सहयोग गरेका छन् भने कोही कलाकारहरुले नगद सहयोग गरेका छन् । केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । बुधबार केही वर्षदेखि अभिनयबाट टाढा रहेकी नायिका सुमिना घिमिरेले प्राविधिकहरुका लागि खाद्यान्न सहयोग गरेकी छिन् । प्राविधिकहरु पीडामा रहेको खबर सुनेपछि उनी र पेशाले पाइलट रहेका उनका श्रीमान् रोशन सापकोटाले ४० प्राविधिक परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । सुमिनाले वर्षौसम्म सँगै काम गरेका प्राविधिकहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको बताइन् । सुमिनाले गतवर्षको लकडाउनमा पनि प्राविधिकहरुलाई सहयोग गरेकी थिइन् । कोरोनाका कारण प्राविधिकलाई दुई छाक टार्नकै चिन्ता भएको खबर स...
विपतको बेला प्रचार मोह, मन्त्रीको फोटो टाँसेर सिलिण्डर बाँडियो !

विपतको बेला प्रचार मोह, मन्त्रीको फोटो टाँसेर सिलिण्डर बाँडियो !

Breaking News, कोरोना बिशेष, ब्यापार, मनोरञ्जन, रोजगार, समाचार
११ जेठ, काठमाडौं । नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ । मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका छन् । विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचन...
निकसँग रोमान्टिक प्रियंका

निकसँग रोमान्टिक प्रियंका

मनोरञ्जन, विदेश
नायिका प्रियंका चोपडाले बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गरेकी छिन् । उनै, प्रियंका आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर सामाजिक संजालमा शेयर गर्न पछि पर्दिनन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेकी छिन्, जसमा उनी आफ्ना श्रीमान् निकसँग रोमान्टिक अवतारमा देखिएकी छिन् । केही समय लण्डनमा बिताएपछि प्रियंका र निक अमेरिका फर्किएका छन् । उनीहरु, हालैमात्र बिलबोर्ड्स म्यूजिक अवार्डमा सहभागी भए । निकसँगको तस्वीर शेयर गर्दै चोपडा लेख्छिन्–‘श्रीमान्को लागि प्रशंसाले भरिएको पोष्ट लेख्दैछु । मलाई तिमीमाथि गर्व छ । तिमी जे पनि काम गर्छौ मलाई ती सबै काममा गर्व छ । तिम्रो काम गर्ने तरिकाले मलाई हरेक दिन प्रभावित गर्छ । आज तिमीले शानदार काम गरेका छौं । आई लभ यू ।’ प्रियंकाले अवार्ड शोमा हाई स्लिट गाउन लगाएकी थिइन् । जुन पहिरनमा उनी निकै नै आकर्षित देखिएकी छिन...