Shadow

व्यापारीलाई बैंकको ब्याज र घरभाडाकै चिन्ता

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 16
  •  
  •  
  •  
  •  
  •  

इटहरी । दोस्रो लहरको कोरोनाका कारण व्यापारीहरु थप पिडित भएका छन । लकडाउन लम्बिदै गए सँगै इटहरीका व्यापारीहरुलाई थप चिन्ताले सताउन थालेको छ ।  लकडाउन खुकुलो भए पनि बजार चलायमान भएको छैन । घरधनी, बैंकको व्याज सम्झेर उनीहरूलाई थप चिन्ता हुन थालेको छ । अहिले व्यापारीहरुलाई आर्थिक समस्याले पिरोल्न थालेको भन्दै उनीहरु गुनासो गर्छन ।‘लकडाउनभन्दा अघिदेखि नै इटहरीको व्यापार सुस्त थियो । ‘ इटहरीमा लामो समय देखि होटल व्यवसाय गर्दै आएका हिरा होटलका सञ्चालक प्रकाश महतोले तुलासीपत्र संग भने , ‘त्यसमाथि लामो लकडाउनले व्यापारीहरू चरम आर्थिक संकटमा परेका छन ।

ब्यापारीहरु आर्थिक समस्यामा पर्दै आएको भन्दै बैकको ब्याजमा अधिकत छुट हुनु पर्ने उनको माग छ । अहिले व्यापारीहरु सबै भन्दा बढि पिडित छन उनी भन्छन् । बैकको ब्याज भरभाडा र कर्मचारीहरुलाई कसरी तलब खुवाउने भन्ने चिन्ता छ उनी भन्छन् ।
इटहरीकै रेडिमेट कपडा व्यापारी लोकेश साहको भनाइ पनि महतोकै जस्तै छ । उनले भने,‘पसल खुलेको छैन, तर घरबेटीले भाडाको आसा गरेका होलान । अहिले सम्म जसो तसो चले पनि अब के गर्ने भन्ने चिन्ताले सताएको उनी बताउँछन । अहिले सम्म त घर(व्यवहार चलाएँ, अब पो के गर्ने भन्ने छ उनी थप्छन । इटहरीमा प्रदेश एककै महङो घरभाडा छ उनी भन्छन् ।
कामाख्या माँ सप्लार्यका सञ्चालक व्यापारी शंकर अग्रवाल भन्छन् अहिले कोरोनाको कारण आफुहरु धेरै पिडित भएको गुनासो गर्छन । एकातिर व्यवसाय खोल्न पाएको छैन तर वैकको व्याज र भरडभाडाले सताउँन थालेको उनको गुनासो छ  । घर भाडा,बैकको व्याज र कर्मचारीहरुलाई तलब दिन साह्ै समस्या हुन थालेको उनी गुनासो गर्छन ।
उद्योग बाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखरेलले पनि सबै भन्दा बढि व्यापारीहरु समस्यामा परेको बताउँछ । सरकारले व्यापारीको समस्या सम्बोधन गम्भिर रुपमा सम्बोधन नगरे धेरै व्यापारी पलायन हुने बताए ।‘जसले आफ्नै घरमा व्यापार(व्यवसाय गरिरहेका छन उनीहरूलाई धेरै समस्या नहोला,’ उनले भने, ‘घर भाडामा लिएर व्यापार गरेका व्यापारी धेरै समस्यामा छन।ु अन्य सहरभन्दा इटहरीमा घरभडा चर्को रहेको पनि उनले बताए ।
उद्योग वाणिज्य संघले व्यापारीहरूको समस्यालाई ध्यानमा राखेर स्थानीय घरधनीहरूलाई भाडामा छुट दिन आग्रह गरिने बताए । तर, त्यसका लागि घरधनीहरू तयार हुन्छन कि हुदैनन् त्यो हेर्न बाँकी छ ।
प्रदेश १ कै ब्यापारीक शहर इटहरीमा करिब ६ हजार व्यापारी छ । संघका महासचिव पोखरेलका अनुसार व्यापारीहरुलाई कोरोनाको भ्याक्सिन समेत आवश्यक परेको बताउँछन । व्यवसाय सञ्चालन गर्न समस्या पर्दै गएको भन्दै खोप उपलब्ध गराउन उवासंघले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.