Shadow

भाटभटेनीद्वारा निषेधाज्ञाको उलङ्घन, यसरी भयाे उद्घाटन (फोटो फिचर)

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 18
  •  
  •  
  •  
  •  
  •  

जिल्ला प्रशासन कार्यलय  सुनसरीले  आउने २५ गते सम्मका लागि जारी गरेको निषेधाज्ञाको उल्लंघन गरी  भीडभाडका बीच पनि इटहरीमा  भाटभेटेनी सुपरमार्केट संचालनमा आएको छ ।

शनिबारदेखि संचालनमा आएको भाटभटेनी सुपरमार्केटले जनस्वास्थ्यको मापदण्ड विपरीत भिडभाड गरी, मास्क प्रयोग नगरी र भौतिक दूरी कायम नगरी सुपरमार्केट संचालन गरेकाे हाे । 

तरहरा , इटहरी सबैका घरघरमा छुट उल्लेख भएको  निमन्त्रणा कार्ड वितरण गरेकाे थियो  ।  पूर्व क्षेत्रका नेता, व्यापारी देखि काठमाडाैंका नेताको समेत बाक्लो उपस्थित रहेको थियो ।

इटहरी चोकदेखि झुम्कासम्मका सडकमा अत्यधिक रुपमा सवारी साधनको भीडभाड रहेको थियो । एम्बुलेन्सहरुले पनि बाटो पाएका थिएनन्। सुपरमार्केट  भीडलाई नियन्त्रण गर्नका लागि कुनै  पहल गरेको देखिएन  भने  मुख्य स्थानहरुमा बसहरुको प्रयोग भएका थिएनन्।

२५ जना भन्दा बढी मानिसको  सहभागी नहुने र  अनिवार्य रुपमा माक्स लगाउनु पर्ने भनिए पनि त्यहाँ त्यस्ताे देखिएन।

 प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सनाले  सवारी साधन व्यवस्थापनमा गाराे भए पनि आजदेखि भीडभाड गरे जरिमाना गर्ने चेतावनी दिएको बताए ।

उद्घाटनकाे पहिलो दिन हो आज,  भोलिका दिनमा पनि यस्तो भीडभाड कायम  रहे विकल्प रोज्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले  बताए । 

भाटभटेनीले सुनसरीको इटहरीमा नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर शनिबारदेखि सञ्चालनमा ल्याएको हो । इटहरी चोकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लबीपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गर्दै यो सुपर मार्केट नेपालकै ठुलो भएको बताए ।

सञ्चालक गुरुङका अनुसार ३५ कट्ठा जमिनसहित इटहरीको भाटभटेनीको लगानी ३ अर्ब पुगेको छ। भाटभटेनीले यस ठाउँलाई मनोरञ्जन स्थल सहितको किनमेलको केन्द्र बनाएको छ । गुरुङले आफू जन्मी हुर्की  गरेको प्रदेश नम्बर १ को केन्द्रमा देशको सबैभन्दा ठूलो स्टोर खोल्न पाएकोको भन्दै खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.