Shadow

गद्दाफी हत्याको १० वर्ष : समृद्ध मुलुक लिबियालाई पश्चिमाले एक दशकमै बनाइदिए ‘हरितन्नम’ !

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 10
  •  
  •  
  •  
  •  
  •  

दश वर्षअघि अफ्रिकी मुलुक लिबियाका शासक कर्नेल मुअम्मार अल–गद्दाफीको हत्या गरिएपछि उक्त देश अहिलेसम्म युद्ध र अस्थिरताको भुमरीमा फसिरहेको छ । 

सन् २०११ को अक्टोबर २० मा गद्दाफीलाई उनको गृहनगर सिर्तेमा उनी लुकिरहेको गोप्य स्थानबाट घिसार्दै बाहिर ल्याएर हत्या गरिएको थियो । हत्या गर्नुअघि उनलाई लात्ता र मुक्कीले हानेर घोर अपमान गरिएको थियो । त्यसपछि उनीमाथि कैयौं राउन्ड गोली चलाइएको थियो ।

गद्दाफीले आफ्नो मुलुकलाई अफ्रिकाकै सबभन्दा धनी मुलुक बनाएका थिए । उनको मृत्युपछि लिबिया कबिलावाद, आतंकवाद र दासताको दुष्चक्रमा फसेको छ । अरबी नेताले सफलता पाएको देख्न नसकेर पश्चिमले उनको पतन गराएको थियो । 

लिबियामाथि नेटोले आक्रमण गर्दा उक्त क्षेत्रका अन्य मुलुकमा अरब क्रान्ति चलिरहेको थियो । तर इजिप्ट वा ट्युनिसियामा जस्तो लिबियामा क्रान्ति थिएन । त्यहाँ गद्दाफीको निरंकुश शासनशैलीको विरोध भइरहेको त थियो तर त्यो सानतिनो विरोध थियो । तर समय बित्दै जाँदा देखियो– अतिवादी समूह र विदेशीहरूले लिबियाको दोहनका लागि विरोध चर्काएका थिए । 

गद्दाफीलाई सत्ताच्युत गर्न खोजिरहेका विद्रोहीहरूको समर्थनमा नेटोले गरेको बमवर्षा उक्त देशले प्रगति गरोस् भन्ने उद्देश्यले गरिएको थिएन । मानवअधिकार र लोकतन्त्रको आवरणमा पश्चिमको सैन्य गठबन्धनले लिबियाको प्राकृतिक स्रोत हडप्न र पश्चिमको प्रभुत्व जोगाउन अरब दुनियाँका प्रभावशाली नेताको हत्या गराएको थियो । 

गद्दाफीलाई सत्ताच्युत गर्न खोजिरहेका विद्रोहीहरूको समर्थनमा नेटोले गरेको बमवर्षा उक्त देशले प्रगति गरोस् भन्ने उद्देश्यले गरिएको थिएन । मानवअधिकार र लोकतन्त्रको आवरणमा पश्चिमको सैन्य गठबन्धनले लिबियाको प्राकृतिक स्रोत हडप्न र पश्चिमको प्रभुत्व जोगाउन अरब दुनियाँका प्रभावशाली नेताको हत्या गराएको थियो । 

गद्दाफी सत्ताच्युत भएपछि सीआईएले त्यसको थप फाइदा उठाउँदै अपरेसन टिम्बर साइकामोर अन्तर्गत लिबियाका हतियार तथा गोलीगठ्ठा सिरिया लगेर अल–कायदा तथा अन्य जिहादी समूहहरूलाई दिएको थियो । 

अहिलेको लिबिया विगतको छायाँमा सीमित भएको अनि १० वर्षको युद्ध र अव्यवस्थाले उसलाई ध्वस्त पारेको विषय खासै चर्चा गरिँदैन । लिबियालाई ध्वस्त पार्न भूमिका खेलेका हिलारी क्लिन्टन, बाराक ओबामा र अन्य युद्धअपराधीहरू लिबियाको कस्तो बिजोग छ भन्ने कुरा कसैले थाहा नपाओस् भन्छन् । 

समृद्ध मुलुकबाट असफल मुलुक

गद्दाफीले विलासी जीवनशैली अपनाउने गरेका थिए । उनका अंगरक्षकहरू महिला थिए । उनी निकै महंगा लुगा लगाउँथे अनि लामो र नाटकीय भाषण गर्थे । तर उनले लिबियालाई संसारको तन्नम मुलुकबाट धनी तथा आत्मनिर्भर मुलुक बनाएका थिए । अफ्रिकामा तेलका सबभन्दा ठूला खानी लिबिया र वरपरको क्षेत्रमा छन् । गद्दाफीले त्यहाँ कबिला समाजको व्यवस्थापन गर्ने गरेका थिए । 

कुल ४२ वर्ष सत्तामा रहँदा गद्दाफीले देशको साक्षरता दर २५ प्रतिशतबाट ८८ प्रतिशत पुर्‍याएका थिए । लिबियालीहरूले निःशुल्क स्वास्थ्यसेवा, शिक्षा र उच्च जीवनस्तरको आनन्द लिन पाएका थिए । बिजुली र ग्यास जस्ता आधारभूत आवश्यकताहरू सस्तो थिए र देशमा सामाजिक सुरक्षा तथा कल्याणकारी कार्यक्रमहरू बलिया थिए । 

लिबियामा ९० प्रतिशत भाग मरुभूमि छ । गद्दाफीले त्यस्तो ठाउँमा पनि सबै लिबियालीहरूका लागि पिउन तथा कृषिमा उपयोग गर्न स्वच्छ जल उपलब्ध गराएका थिए । उनले सन् १९८० को दशकमा संसारकै सबभन्दा ठूलो नहर बनाएका थिए । संसारकै सबभन्दा विशाल पाइप सञ्जाल भएको यस नहरले लिबियामा उपलब्ध ७० प्रतिशत स्वच्छ पानी उपलब्ध गराउँछ । गद्दाफीले यसलाई संसारको आठौं आश्चर्य भन्ने गरेका थिए । 

यसका लागि २५ अर्ब डलरभन्दा बढीको लागत थियो र त्यो पूर्णतया आफ्नै लगानी थियो । विदेशी बैंकहरूबाट ऋण काढिएको थिएन । लिबिया निकै धनी भइसकेको थियो र उसको बाह्य ऋण थिएन । 

संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकले स्वास्थ्य, शिक्षा र आयको मापन गर्ने गरेको छ । सन् २०१० मा लिबिया अफ्रिकाको पहिलो नम्बरको देश बनेको थियो अनि कुल १८९ मुलुक र भूभागमध्ये ५३औं स्थानमा थियो । अहिले यसको दर्जा घटेर १०५औंमा पुगेको छ । 

नेटोले समर्थन गरेको कथित क्रान्तिपछि लिबियाले हासिल गरेका सबै उपलब्धि गुमे । अहिले लगातार बत्ती गइरहन्छ । स्वास्थ्य सेवा प्रणाली ध्वस्त छ । पूर्वाधार छैन । जीवनस्तर घटेको छ । दश वर्ष बितिसक्दा लिबियामा गतिलो केन्द्रीय सरकार समेत छैन । 

सन् २०२० को अक्टोबर महिनामा युद्धबिराम गरिएपछि गत मार्च महिनामा राष्ट्रिय एकताको सरकार बनेको थियो । त्यो सरकारले अहिलेसम्म काम गरिरहेको छ र डिसेम्बर महिनामा निर्वाचन गरिँदैछ । तर आन्तरिक संघर्ष जारी छ र अहिलेको प्रक्रियाबाट कुनै परिणाम आउने कुनै ग्यारेन्टी छैन । 

गतिलो पूर्वाधार भएको अनि प्रशस्त पानी, सुन र तेल भएको जीवन्त मुलुक लिबिया अहिले दासव्यापारको बजार बनेको छ । मानवतस्करहरूले युरोप जान खोजेका आप्रवासी र शरणार्थीहरूलाई दास बनाएर बेच्ने गरेका छन् । प्रतिस्पर्धी कबिला र राजनीतिक गुटहरू तेल तथा अन्य बहुमूल्य स्रोतका लागि लडाइँ गरिरहेका छन् । आफ्नो लागि शक्ति हत्याउन उनीहरू लागिपरेका छन् । 

इस्लामिक स्टेट, अल–कायदा र अन्य जिहादी संगठनका लडाकूहरू पनि सक्रिय छन् । युद्धले जर्जर बनाएको लिबिया र उसका छिमेकी मुलुकहरूलाई तिनले थप अशान्त बनाएका छन् । गद्दाफीको शासनकालमा उनीहरूले उपस्थिति जनाउने हिम्मत गर्न सक्दैनथिए । 

कुनै समयको समृद्ध मुलुक लिबिया गद्दाफीको पतनपछि आतंकवादी, अवसरवादी र चोरहरूको हातमा परेको छ अनि अव्यवस्थाको भुमरीमा जाकिएको छ । विगत १० वर्षमा लिबियाको हालत यस्तो छ । नेटोले यो स्थिति ल्याएको हो । 

गद्दाफीले संसारभरिका स्वतन्त्रता तथा राष्ट्रिय मुक्ति आन्दोलनहरूलाई समर्थन गर्ने गरेका थिए । सन् १९७० को दशकमा उनले लिबियालाई इजिप्ट र सिरियासँग मिसाएर एकीकृत अरब राज्य बनाउन खोजेका थिए । 

सन् २००९ मा उनले अफ्रिकी मुलुकहरूलाई एउटै मुद्रा अर्थात् सुनको दिनार अपनाउन प्रस्ताव गरेका थिए । लिबियाको केन्द्रीय बैंकसँग १४४ टनको सुन सञ्चिति थियो र गद्दाफीले नयाँ मुद्राका लागि त्यसको उपयोग गर्न चाहेका थिए । अफ्रिकी मुलुकहरूले यही मुद्रामा सामान खरिदबिक्री गरे हुन्थ्यो भनी प्रस्ताव गरेका थिए ।

यसबाट उनीहरू अमेरिकी डलर तथा सेन्ट्ल अफ्रिका (सीएफए) फ्रान्कबाट मुक्त हुन पाउँथे । उपनिवेशकालको मुद्रा फ्रान्कलाई १४ वटा मुलुकले उपयोग गर्थे र त्यसमा फ्रान्सको पूर्ण नियन्त्रण थियो । 

पश्चिमाहरूको नजरमा गद्दाफीको सबभन्दा ठूलो पाप यही थियो । अफ्रिकी मुलुकहरूले एकल मुद्रा अपनाऊन्, आफ्नो स्रोतसाधनमा नियन्त्रण कायम गरून् र वास्तविक स्वतन्त्रता उपभोग गरून् भन्ने गद्दाफीको चाहनाले पश्चिमको मौद्रिक प्रभुत्वलाई चुनौती दिएकाले उनलाई हटाउने षड्यन्त्र बुनियो । 

पश्चिमका सरकारहरूलाई यस योजनाका विषयमा ज्ञान थियो । अमेरिकाकी तत्कालीन परराष्ट्रमन्त्री हिलारी क्लिन्टनले त्यतिखेर लेखेका इमेलहरू हेर्दा गद्दाफीका सुनका सञ्चिति तथा एकल मुद्राका लागि उनले बनाएको योजनाका विषयमा चर्चा गरेको देखिन्छ । 

अमेरिकी डलर वा फ्रान्कलाई छोडेर आफ्नै मुद्रा र मौद्रिक नीति अफ्रिकी मुलुकहरूले अपनाएमा अफ्रिकामा अमेरिकी र फ्रान्सेली प्रभाव घट्ने पक्का थियो । अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा पश्चिमको एकाधिकारलाई यसले कमजोर बनाउन सक्थ्यो अनि अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता नवउपनिवेशवादी संस्थाहरूलाई विकासशील राष्ट्रहरूको शोषण गर्न गाह्रो बनाउँथ्यो । 

सीएफए फ्रान्कको विकल्पको योजना बन्नु नै लिबियामाथि आक्रमणका लागि फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजीले निर्णय लिनुमा प्रमुख कारक भएको ती इमेलहरूले प्रमाणित गर्छन् । 

पश्चिमी अफ्रिका तथा केन्द्रीय अफ्रिकाका मुलुकहरूले सीएफए फ्रान्कलाई परित्याग गरेमा आफ्ना पूर्व उपनिवेशहरूमा प्रभाव कम हुने डरले गर्दा नै सार्कोजीले लिबियामाथि बम खसाउने निर्णय लिएका हुन् । अनि लिबियाको तेल उत्पादनमा थप ठूलो भाग खान र लिबियाको सम्पत्ति हडप्नका लागि फ्रान्सले त्यहाँ बम खसाएको हो । अहिले मानिसहरू लिबियालाई असफल राज्य भन्छन् तर गद्दाफीको लिबिया असफल राज्य थिएन । त्यो अफ्रिकाको सबभन्दा धनी र समृद्ध राष्ट्र थियो । सन् २०११ मा पश्चिमले जानीबुझी त्यसलाई ध्वस्त पार्नुअघि त्यो जीवन्त राज्य थियो । 

सफलताका कारण हत्या

पश्चिमको उपनिवेशवादी स्वार्थमा गद्दाफी तगारो बनेका थिए । वास्तविक स्वतन्त्रता खोज्नु, अमेरिका र फ्रान्सको मौद्रिक प्रभुत्वलाई जोखिममा पार्नु अनि अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीलाई चुनौती दिनु उनको सबभन्दा ठूलो ‘अपराध’ थियो । 

अहिले मानिसहरू लिबियालाई असफल राज्य भन्छन् तर गद्दाफीको लिबिया असफल राज्य थिएन । त्यो अफ्रिकाको सबभन्दा धनी र समृद्ध राष्ट्र थियो । सन् २०११ मा पश्चिमले जानीबुझी त्यसलाई ध्वस्त पार्नुअघि त्यो जीवन्त राज्य थियो । 

पश्चिमी साम्राज्यवादका प्रतिरक्षकहरू अन्य देशका उपलब्धिलाई तुच्छीकरण गर्न र ती देशका नेतालाई निरंकुश संज्ञा दिन मन पराउँछन् । तर लिबिया गद्दाफीको शासनकालमा अहिलेको भन्दा राम्रो स्थितिमा रहेको सत्य हो । ऊ तेल, सुन, पानी र स्रोतसाधनमा आत्मनिर्भर थियो ।

आफ्नो देशलाई थप राम्रो बनाउने र पश्चिमी प्रभुत्वलाई चुनौती दिने अफ्रिकी, अरबी र ल्याटिन अमेरिकी मुलुकका नेताहरूलाई अमेरिकाले मारेको उदाहरण इतिहासमा प्रशस्त भेटिन्छ । गद्दाफी पनि त्यही मारमा परेका थिए । 

उपनिवेशवादको विरोध गर्ने अनि आफ्नो तथा अरब र अफ्रिकाका अन्य मुलुकलाई आत्मनिर्भर बनाउने अरबी नेतालाई पश्चिमले पटक्कै मन पराउँदैन । त्यसैले गर्दा नेटोले गद्दाफीको हत्या गरेको हो ।

आरटीमा प्रकाशित रिचर्ड मेडहर्स्टको आलेखलाई तुलासिपत्रका लागि जानकी तामाङले अनुवाद गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.