Shadow

‘इन्दिरा गान्धी’ का लागि कंगना रनावतको तयारी

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 12
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा बन्न लागेको फिल्म ‘इमर्जेन्सी’ को निर्देशन गर्ने भएकी छन्।

सुरुमा उनले त्यसमा अभिनय गर्ने बताएकी थिइन् । उनी स्वयंले यो जानकारी सार्वजनिक गरेकी हुन्। कंगनाले इन्स्टाग्राममा कस्ट्युमको ट्रायलको फोटो राख्दै आफू इन्दिरा गान्धी बन्न तयार भएको जानकारी दिएकी थिइन्।

फेरि अर्को स्ट्यास लेख्दै यो फिल्म आफूबाहेक अरु कसैले निर्देशन गर्न नसक्ने महसुस गर्दै निर्देशनको अभिभारा पनि आफैले लिएको बताएकी उनले उल्लेख गरेकी छन्।

‘एक वर्षदेखि यो फिल्ममा काम गर्दा महसुस भयो कि यसलाई मबाहेक कसैले न्याय गर्न सक्दैन। त्यसैले अभिनयका थुप्रै सम्भावनालाई पन्छाउँदै मैले फेरि एकपटक निर्देशकको ह्याट लगाउने निर्णय गरेकी छु,’ उनले लेखेकी छिन्।

कंगनाले यसअघि ‘मनिकर्निका’को निर्देशन गरेकी थिइन्।

आधा फिल्म सुटिङ गरेपछि यसका निर्देशक क्रिससँग कंगनाको विवाद बढेपछि उनले क्रिसलाई निकालेर बाँकी काम आफैंले सकाएकी थिइन्।

यो फिल्ममा रितेश शाहको लेखन रहेको छ। रितेशले यसअघि ‘पिंक’, ‘कहानी’, ‘कहानी २’ आदि फिल्ममा काम गरेका छन्।

कंगनाले इन्दिरा गान्धीको समयको कथा प्रस्तुत गर्ने भए पनि यो बायोपिक नभएको बताएकी छन्। उनले फिल्मले इमर्जेन्सीको समयको सामाजिक राजनीतिक कथा प्रस्तुत गर्ने दाबी गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.