Shadow

असफल राजनीति र फलविहीन बनेको आजको युवापुस्ता:काजी कार्की

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 47
  •  
  •  
  •  
  •  
  •  

बिनोवा भावेले भनेका थिए: नेतृत्वको ध्येय सुख होइन समता हुनुपर्छ यहाँ त समता बिथोलेर सुख खोज्ने काम भइरहेको छ बिदुर नीति अनुसार समाजको हानि गर्ने काम असल राजनीति हुनसक्दैन जब समाजमा राजनीतिले समाजोपयोगी नतिजा दिदैन भने त्यो राजनीति खराब राजनीति हो |हामि खराब राजनीति भोगिरहेका छौ |

खराब राजनीति नेताहरुको मानसिक र शारीरिक रोगको कारणले त भइरहेको छैन? किनभने जनयुद्ध खराब राजनीति थियो जुन जनआन्दोलन सफल पार्न त काम लाग्यो तर जनआन्दोलन पछी जनयुद्धका नायक सफल भएनन् |

तात्विक परिवर्तन केहि गर्न सकेनन् १० बर्षसम्म जनयुद्ध हाक्ने शक्ति न त्यो शक्ति आफै सामाजिकीकरण हुन सक्यो न त्यो शक्तिका कार्यकर्ताहरु |खराब राजनीतिको खराबी यहि हो |

अमर्त्य सेनले लेखेका छन् जनस्वास्थ्य र राष्ट्रको समृदि अन्तरसम्बन्धित छन् बौद दर्शन अनुसार स्वास्थ्य बिनाको जीवन जीवन होइन यस दृष्टिकोणको चाल्नामा बर्तमानलाइ चाल्ने हो भने नेताहरुको स्वास्थ्य बिग्रनु भनेको देशको पतन हुनु हो | किनकि जति पनि लोकतान्त्रिक शक्तिहरु छन् ति सबै बिबादित छन् हिनाग्रंथीबाट पिडित छन् |

अस्वस्थ ब्यक्तिहरुले हाकेको पार्टी र सरकारले देशको स्वास्थ्य तन्दुरुस्त कसरी पार्लान ? जनता आसाबादी त् छन् आश्वस्त छैनन् जनता मौन छन् यसको अर्थ यो होइनकी जनता यथार्थबाट अनभिज्ञ छन जनताले स्वास्थ्य नेतृतव सक्षम सरकार र सशक्तप्रतिपक्ष होस् भन्ने चाहनासहित आमचुनावमा मतादेश दिएका थिए |

तर त्यसो हुन सकेन अब जनता व्यक्ति होइन ब्यबस्था फेर्ने पक्षमा देखिन्छन् फेरी अर्को जनान्दोलनको तयारीमा देखिन्छन् गलत चिन्तन को खतरा सिहदरबार भित्र छ खतरा शीतलनिवासभित्र पनि छ र खतरा कांग्रेस हाउस सानेपा देखि माओबादी केन्द्र पेरिस डाडा सम्म छ मानौ मुलुक बारुद माथि उभिएर शान्ति र प्रगतिको कामना गर्दै छ |

उमेरले जेष्ठ प्राणि शारीरिक र मानसिक दुवै हिसाबले सिथिल हुने प्राकृतिक र बैज्ञानिक सत्य हो यसलाई नजरअन्दाज गर्दा कार्यशैलीमा गतिशील शुन्यप्राय :भयो बैज्ञानिक तथ्यअनुसार गति सुन्य हुदा उर्जा पदार्थमा सिमित हुन्छ ।

हो,  नेपालको राजनीतिमा पनि पदार्थको अबस्थाका नेता धेरै भए बिस्वको महाशक्ति राष्ट्र अमेरिका को राष्ट्रपतिको उम्मेदवार हुन मुख्य योग्यतामध्य राम्रो बक्ता र स्वस्थ हुनै पर्छ तर नेपालका राजनीतिक नेतृतवलाइ हेर्दा राम्रो बक्ता त् के कतिपयले त बोलेकै बुझिदैन केहिलाइ छोडेर हेर्ने हो भने अधिकांस शारीरिक रुपले अस्वस्थ छन् नेपाल का नेताको योग्यता राणा शासन,पंचायती ब्यबस्था र राजतन्त्रका बिरुद्द संघर्ष हुनुपर्ने जस्तो भयो |

नेतृतवमा देखापरेको आफु नबासी उज्यालो हुदैन भन्ने भाले प्रवृतिले मुलुकलाइ नोक्सान गर्यो अत:अघिल्लो पुस्ताको त्याग र पछिल्लो दर्बिलो हस्तक्षेप नहुदा नेपाल सय बर्ष पछाडी धकेलियो |

उमेर ढल्किदै गएका नेताको राष्ट्र र नागरिक प्रतिको जवाफदेहिता स्वाभाविक रुपमा कम हुन्छ किनकि ६५/७० बर्ष उमेर पुगिसकेको नेताको जवाफदेहिता बढीमा ५/१० बर्ष मात्र बाकि हुन्छ ।

त्यसपछि उसले राजनीति छोडीसक्छ वा अस्वस्थ भएर जीवनको रक्षात्मक अवस्थामा पुगिसकेको हुन्छ जबकी ३०/३५ बर्षका नेताको त झन्डै ४० बर्ष जवाफदेहिता बाकि रहन्छ यसरी हेर्दा युवालाई राजानिक नेतृतवमा अगाडी सार्नु विद्यमान नेतृतवको पक्षमा नभए पनि मुलुकको हितमा भने पक्कै हुने देखिन्छ सिमित समय बाकि रहेका नेताले नै जीवनको आखिरी क्षणसम्मै पद ओगट्ने परम्पराले पनि मुलुकको बिकासमा कहिँ न कहिँ नकारात्मक भूमिका खेलेको छ  झन्डै ४० बर्ष जवाफदेहिता बाकि रहेका नेताले आफुले गर्ने हरेक काममा  देश र नागरिकको पक्ष खोज्छ यदि गलत गर्यो भने उसको आधाराजनितीक जीवन बर्बाद हुन्छ तर जीवनको आखिरिमा बाचिरहेका नेतासंग असल काम गरी रहनु पर्ने बाध्यता हुदैन कतिपए अवस्थामा त उनीहरुका लागि आगामी निर्वाचन नै अर्थहिन हुन सक्छ |

बस्तुको मुल्य गुणले निर्धारण गर्छ भने जस्तै नेतृतवको गिर्दो साखको असर राष्ट्रको भविष्य मा परिरहेको छ |नेपाल जस्तो प्राकृतिक स्रोत अधिक मात्रामा भएरपनि गरिब बनाइएको देशलाई (आजमात्र सुत्ने) रातको १२/१ बजे सम्म कामगर्ने नेता अपरिहार्य छ तर समृदि हासिल गर्न अहोरात्र खट्नसक्ने नेता राजनीतिको शीर्ष तहमा देखिदैनन हिरो अनुहारले भन्दा भूमिकाले हुने हो तर भूमिकाको हिसाबले राजनीतिक नायक कुन नेतालाई भन्ने ?

इतिहासलाइ नियाल्दा देश कहिले नेताको जुगाको लडाई को सिकार भयो त् कहिले उनीहरुको स्वार्थ र अक्षमताको एकातिर राज्यको अर्थतन्त्र धरासायी हुदै जानु र अर्को तिर नेताको सम्पति दिनानुदिन बढ्दै जानु पक्कै पनि संयोग मात्र हुन सक्दैन |

एउटा राजनितिज्ञ को दिमागमा उथलपुथल आउदा दुनियाँमा धेरै ठूलाठूला परिवर्तन सम्भब हुन्छन जुन कुराको पुष्टी नेपालकै राजनीतिक परिवर्तनको इतिहासले गर्छ तर नेपालमा खड्किएको बिषय के हो भने सामाजिक –आर्थिक संरचनाको प्लेट नै परिवर्तन गर्ने हैसियतका नेता भएनन् देश  त के आफ्नै पार्टीका आन्तरिक समस्या हल गर्न समेत असमर्थ भए नेतृतव ले देश बनाउने सूत्रको फेद समात्नै सकेन नीति नियत प्रवृति र प्रणालीमा सिर्जनात्मक ध्वस गरी समृदिको सुत्रधार बन्ने अवसर बाट नेतृतव चुक्नु मुलुकका लागि विडम्बना हो आखा नचिम्ली हाच्छ्यु गर्न खोज्नु नै परिणाम –सून्यताको कारण हो |

देश लाइ जिताउने र आफु हार्न तयार नेता नेपालको राजनीतिक वृत्तमा देखिदैनन जनसक्ति परिचालनमा दूरदर्शी नेतृतव नहुदा स्रोत-साधन मात्र होइन श्रमशक्ति पनि उपयोग बिहिन हुन पुग्यो सामाजिक आर्थिक रुपमा पछाडी पारिएको क्षेत्र वर्गलाइ मानबिय हिसाबले न्यायदिन आबस्यक नठान्दा देश अस्थिर भयो |

राणा शासकको अदूरदर्शिताले १०४ वर्ष खेर गयो । पञ्चायती व्यवस्थाको अदूरदर्शिताले झण्डै ३० वर्ष बेकारमा बित्यो । बहुदलीय व्यवस्था भनिएको बहुदलाल व्यवस्थाको  अदूरदर्शिताले झण्डै २५ वर्ष खेर जाँदा दुनियाँको नजरमा मुलुक दयनीय अवस्थामा पुग्यो । राणा शासन, पञ्चायती र बहुदलीय व्यवस्था गरी नेपालको झण्डै १७० वर्ष अर्थहीन बितिसकेको छ ।

जबकि, हाल विश्वका समृद्ध देशले यही समयमा विकासको फड्को मात्र मारेनन्, शिखर नै चुमे । नेपालको राजनीतिले भोलिको पुस्ताका लागि काम गर्ने उत्सुकता नै देखाएन । एउटा चिनियाँ भनाइ छ- ‘रुख रोप्ने उत्तम समय बीस वर्षअगाडि हो । तर, नेपालमा भविष्यमा फल दिने रुख बीस वर्ष अगाडि त के आज बीसौं वर्षपछि समेत रोप्न अग्रसर छैनन् । हिजोका राजनीतिक नेतृत्वले पहिले नै रुख नरोपिदिंदा आजको पुस्ता फलविहीन भयो ।

अन्त्यमा, नेताले आफूलाई दुःखी, गरीब र शोषित-पीडित नागरिकको ठाउँमा राखेर हेरेनन् । नेतृत्वको महानता र कार्यकुशलताको अभावमा देश गाजरको बाँसुरीजस्तो भयो । बजे बजाउने, नबजे खाने । नेताले जे-जे गर्न हुँदैनथ्यो, त्यो प्रायः गरे । जे-जे नगरी हुँदैनथ्यो, त्यो भने गरेनन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.