Shadow

अलमुताइरीले एन्फा उपाध्यक्ष नेम्वाङमाथि छानबिन गर्न दिए निवेदन

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 7
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई आरोप लगाउने सञ्चारकर्मीमाथि छानविन गर्न एन्फामा निवेदन दिएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा निवेदन दिएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे ।

यसअघि नै पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन गर्न भन्दै निवेदन दिएका छन् । उपाध्यक्ष नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको भन्दै प्रशिक्षक अलमुताइरीले केही दिनअघि फ्यानलाई सम्बोधन गर्दै सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका थिए । उनी राजीनामा दिन एन्फा गएपनि आधिकारिक रुपमा राजीनामा पत्र भने बुझाएका छैनन् ।

त्यसपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि गएका छैनन् । प्रशिक्षकको राजीनामा र साफ च्याम्पियनसिप आयोजनाको विषयमा छलफल गर्न भोलि ४ बजे एन्फाको आपतकालीन बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.